पथरीः बुधबार पथरीशनिश्चरे–१ मा नेकपाले आयोजना गरेको ‘पार्टी कार्यकर्ता भेटघाट कार्यक्रम’मा नयाँ शक्तिका प्रदेश संयोजक देवराज भण्डारी नेकपामा प्रवेश गरेका छन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले नवप्रवेशीलाई टीका लगाएर स्वागत गरेका थिए । मन्त्री ढकालले नवप्रवेशीलाई स्वागत गर्दै एकता र सहकार्यले मात्र मुलुक समृद्ध हुने बताएका थिए ।
नेकपामा प्रवेश गरेका भण्डारीले एकीकृत रूपमा देशको समृद्धिको अभियानमा आफूहरू एकाकार भएको बताए ।
नयाँ शक्तिका केन्द्रीय परिषद सदस्य एवम् युवा परिषद्का केन्द्रीय सचिव बाबुराम न्यौपाने, प्रदेश सदस्य एवम् पूर्व जनमुक्ति सेनाका मोरङ संयोजक जीतबहादुर रसाइली, राज्य कमिटी सचिवालय सदस्य बासु बराल, प्रदेश सदस्य एवम् ३ नम्वर क्षेत्रीय संयोजक पर्शुराम मिश्र नेकपामा प्रवेश गरेका हुन् ।
त्यस्तै, सूर्यबहादुर श्रेष्ठ, यशोदा खनाल, डिल्ली आपागाईं, खगेन्द्र बस्नेत, कृष्ण खड्का, नेत्रप्रसाद दाहाल, चिन्तामणि पोखरेल, भुपाल ठटाल, नगेन्द्र रिजाल, रोशन खरेल, पूर्ण लिम्बू, नगेन्द्र रिजाल, टीकाविक्रम चौहान, मानबहादुर श्रेष्ठ, उमानाथ भण्डारी, कुलमाया भण्डारी, घनश्याम गिरीलगायतका व्यक्ति नेकपामा प्रवेश गरेको बताइएको छ ।