काठमाडौंः ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० स्थित तारेभीरको जङ्गलमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना हुँदा हराएको पेस्तोल फेला परेको छ ।
फागुन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित चढेको हेलिकोप्टर दुर्घटना हुँदा उनका अङ्गरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको नाइन एमएमको पेस्तोल हराएको थियो ।
ताप्लेजुङको अस्थायी प्रहरी चौकी माथिल्लो फेदी र नेपाली सेनाको टोली घटनास्थलमा गई खोजी गर्ने क्रममा उक्त पेस्तोलसहित दुई थान म्याग्जिन, तीन थान सबुत गोली, तीन वटा खोका र मोबाइल जलेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।