विराटनगरः विराटनगर नेपाली काँग्रेसकाे उर्वर थलाे हाे । काेइराला परिवारकाे विरासत बाेकेकाे विराटनगरले काँग्रेस र काेइराला परिवारकाे नामलाइ समानार्थिढंगले हेरिन्छ । पाटिकाे केन्द्र तहमा पाटि सभापती देउवा र काेइराला गुट प्रस्ट छुटिएकाे छ । बेला बेला काेइराला परिवारका तीन नेता शसांक, शेखर र सुजताले एउटै फूलकाे माला पहिरिएर एकताकाे संकेत दिएका थिए । उनिहरूले पाटि एक ढिक्का बनाउन काेइरालाहरू एक जुट भएकाे संकेत दिएका थिए । 

पछिल्लाे समय देउवा र शेखर काेइरालाकाे सार्वजनिक अभिव्यक्तिले पनि गुटकाे प्रस्ट चिरा देख्न सकिन्छ । शेरबहादुर देउवाले शेखरलाइ हैसित बारे प्रश्न गरे पछि विराटनगर अाएर काेइरालाले भनेका थिए देउवामा राजनीति चरित्र छैन । 

51998041_632074053913657_3221230037550235648_n

यहि बिच अाज विराटनगरमा देउवा अाएका छन् । विराटनगर विमास्थलमा १२ बजे पछि बुद्द एयरबाट झरेका देउवालाइ स्वागत एक घण्टा अघि देखि नै कार्यकर्ताकाे ठुलाे भिड जम्मा भएकाे थियाे । 

एक त काेइरालाकाे विरासत बाेकाे क्षेत्र, अर्काे दुइ गुट बिचकाे चर्काे मतभेद । यहि बेला देउवाकाे बलियाे उपस्थितिका लागि उनका समर्थकले गाउँ देखि कार्यकर्ता बाेकेर विमानस्थल पुर्याएका थिए । ५ बस, निजि गाडि र माेटरवाइकमा सयाैँ कार्यकर्ता विमानस्थलमा भेला हुँदा लाग्याे यहाँ कुनै अामासभा त हुँदेछैन ? 

ठ्याक्कै अामसभाकै झल्काे दिने गरि किन कार्यकर्ता अाेसारियाे । देउवा अाउने बेला सम्मकाे समयमा नेता तथा कार्यकर्ताकाे एउटै जवाफ थियाे यहाँ देउवाकाे शक्ति प्रदर्शन गर्ने हाे । 

53274646_835216573497819_617651601795973120_n

उनलाइ स्वागत गर्न नेता अमृत अर्याल, रमेशजंग रायामाझीकाे फ्रन्टलाइनकाे उपस्थितिले ठिक खेमाकाे प्रदर्शन हाे भन्न गाह्राे थिएन । पाटिकाे सर्वमान्य नेता हुँदा हुँदै पनि पछिल्लाे समयका घटनाले याे कुनै एक गुटकाे प्रदर्शन हाे भन्न सक्ने अवस्था रह्याे अाजकाे उपस्थति । 

देउवा विराटनगरबाट प्रकाशित हुने न्यू सृष्टि दैनीककाे वार्षिक कार्यक्रममा सहभागी हुन र कार्यकर्ता भेटभाटका लागि अाज विराटनगर अाएका हुन ।