विराटनगरः पत्रकार राेहितकुमार लुइँटेल सम्मानित भएका छन् । विराटनगरबाट प्रकाशित न्यु सृष्टि दैनिककाे वार्षिक उत्सव कार्यक्रममा प्रम्रख अतिथि रहेका नेपाली काँग्रेसका सभापती शेरवहादुर देउवाबाट सम्मानित भएका हुन् । उनलाइ युवा पत्रकारिता पुरस्कारबाट नगदसहित सम्मान गरिएकाे छ ।
लुइँटेल प्रेस यूनियन माेरङकाे सभापती समेत हुन । उनि अन्नपुर्ण पाेस्ट दैनिकका पूर्व प्रदेश १ संयाेजक हुन भने हाल उनि बाह्रखरी अनलाइनकाे प्रदेश संयाेजककाे रूपमा कार्यरत छन् ।
लुइटेलसँगै पथरीमा रहेर सक्रियरूपमा पत्रकारिता गर्ने गाेपाल काफ्लेलाइ पनि सम्मान गरिएकाे छ ।