विराटनगरः राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले रेशमलाल चौधरीलाई अदालतले अन्याय गरेको भन्दै न्यायका लागि जनता समक्ष जाने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महतोले आन्दोलनकारीप्रति अदालतले हेर्ने दृष्टिकोण ठिक नभएको तर्क गरे ।

उनले सबै राजनीतिक पाटिका नेतालाई सोहि दृष्टिकोणबाट हेर्ने हो भने प्रायः सबै नेता जेल जानुपर्ने टिप्पणी गरे । ‘प्रचण्ड, ओलीसम्म हिँसात्मक आन्दोलनबाट आएका छन्ू, उनले प्रश्न गरे ‘के उनिहरुलाई पनि यस्तै मुद्धा लगाउनु् ?’

अर्का सदस्य तथा नेता सरदसिँह भण्डारीले सरकारले गठन गरेको लालआयोगको प्रतिवेदन सार्वजनिक गर्न समेत माग गरेका छन् । तत्कालित सरकारले मधेश आन्दोलन र थारु आन्दोलनको अनुसन्धान गर्न बनाएको आयोगको प्रतिवेदन सार्वजनिक नभइ रेमशलाल चौधरी दोषि हो होइन भन्ने अवस्थामा नभएको भन्दै थारु समुदायप्रति अन्याय भएको बताए ।

उनले आन्दोलनकारीलाई फौजदारी अभियोग लगाइनुले अर्को विद्रोह जन्मन सक्ने खतरा रहेको बताए ।राजपाले हिजै सरकारसँगको समर्थन फिर्ता लिइ आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । उसले राष्ट्रिय आन्दोलन गर्ने र त्यसका लागि अधिकार र पहिचारवादी मिलेर सँयुक्त रुपमा राष्ट्रिय आन्दोलनको तयारी थाल्ने आह्वान पनि गरिएको नेताहरुले जानकारी दिएका छन् ।

यद्धपी आन्दोलनको स्वरुप शान्तिपुर्ण हुने र कुनै पनि पृथकतावादीसँग समन्वय नहुने स्पष्ट पारेका छन् ।
मुलुकमा विभेद कायम रहेको र यसको अन्त्य नहुन्जेल आन्दोलन जारी राखिने नेतादोयले बताएका छन् ।