धनकुटाः १ सय ९ औँ महिला दिवसको अवसर पारेर धनकुटाका महिलाले अर्गानिक खानेकुराको प्रदर्शनी गरेका छन् । उद्यमी महिला बचत तथा ऋण सहकारी संस्था र मिसन मुस्कान पर्यटन प्रवद्र्धन केन्द्रले प्रदर्शनीको आयोजना गरेको हो । प्रदर्शनीमा मकै, कोदो, फापर, भटमास, विभिन्न प्रकारका दाल, विभिन्न प्रकारका साग, सिन्की, गुन्द्रुकलगायत विभिन्न खाद्यान्नको परिकार राखिएको छ ।

IMG_2807

प्रदर्शनीमा १ सय २१ प्रकारका अर्गानिक खानेकुरा राखिएकोे छ । महिलाहरूले आफ्नै घरघरमा उपलब्ध खाद्यान्नबाट परिकारको निर्माण गरेका हुन् । लोप हुन लागेका खानेकुरासँगै अर्गानिक खानेकुरालाई प्रोत्साहन गर्न प्रदर्शनी गरिएको मिसन मुस्कान पर्यटन प्रवद्र्धन केन्द्र धनकुटाका अध्यक्ष कुसुम रानाले बताए । बिहीबार शुरु भएको प्रदर्शनी शुक्रबार समापन हुनेछ ।

IMG_2819