बेलबारीः लैङिगक समानताका लागि समान सोच र ब्यबहार समृद्धिको आधार भएको एक कार्यक्रमका सहभागिले बताएका छन् । बेलबारी नगरपालिकामा मनाइएको १सय ९ औँ अन्तराष्ट्रिय महिला दिवशमा वोल्ने महिला अधिकार कर्मीहरुले महिला विनाको समृद्धि सम्भव नभएको बताएका छन् ।
उनिहरुले ३३ प्रतिशत महिला सहभागिता भने पनि सवै क्षेत्रमा कार्यान्वयन नभएको बताएका छन । 'अन्तराष्ट्रिय महिला दिवश लैङ्गिक समानता सम्बन्धी जागरुक वा सचेत हुने दिवश हो' महिला अधिकारकर्मी तिला गौतमले भनिन 'अधिकारको खोजी हुन थालेको छ ।'
प्रदेश सभा सदस्य यसोदा अधिकारीले महिलाको हक अधिकारका लागि नेपालको सविधानले अधिकार दिएको बताएका छन । कार्यक्रम कार्यापालिका सदस्य खिना थापाको अध्यक्षतमामा सम्पन्न भएको हो ।