झापाः उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले अब काम गरेर देखाउने बेला आएकाले बाटो छेक्न आउने असफल हुने बताएका छन् ।

झापाको बिर्तामोडमा आज अपराह्न्न नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको २६ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले काम गर्न नपाओस् भनेर बाटो छेक्ने असफल हुने बताए ।

‘कम्युनिष्ट पार्टीको दुई तिहाइ सरकारले राम्रो काम गरेको देख्न नचाहने देशभित्र र बाहिरका शक्ति कमी कमजोरी खोज्न पुल्ठो बालेर हिँडिरहेका छन्’, उनले भने, ‘हामी जनतासँग गरेका सबै वाचा पूरा गर्दै अघि बढेका छौँ, उनीहरू असफल हुनेछन् ।’