इटहरीः इटहरीको गल्लीमा गीत गाएर जीवीकोपार्जन गरिरहेका गन्धर्वद्वयले जब स्टेजमा गीत गाउन पाए तब उनीहरूमा खुशी छायो ।

आज इटहरीमा ड्राइभिङ स्कुल सङ्घले इटहरीमा प्रदेशस्तरीय भेलाको आयोजना गरेको थियो । सो भेलामा प्रमुख अतिथिको रूपमा निम्त्याइएका संविधानसभा सदस्य रेवतीरमण भण्डारी आउन ढिलो भएपछि अण्डरग्राउण्ड ड्राइभिङका सञ्चालक बाबुराम प्रधानले उनीहरूलाई स्टेजमा गीत गाउन लगाएका थिए ।

स्टेजमा गीत गाएपछि आफूहरूलाई खुशी लागेको बताए । परम्परा धान्न र जीविकोपार्जनका लागि मात्र आफूहरूले गीत गाइरहेको सुवास गन्धर्व र कृष्ण गन्धर्वले बताए । त्यो परम्परा तोड्दै पहिलो पटक स्टेजमा गीत गाउन पाउँदा खुशी लागेको गन्धर्वद्वयले बताए । पहिलो पटक स्टेज दिएर सम्मान गरेको भन्दै गन्धर्वद्वयले प्रधानलाई धन्यवाद दिए ।

प्रमुख अतिथिको आगमन नभएकाले कार्यक्रम अघि बढ्न नसकेकाले कला संस्कृतिको सम्मान गर्ने उद्देश्यले आफूले गन्धर्वद्वयलाई स्टेजमा गाउने मौका दिएको प्रधानले बताए ।

dddddd