पथरीः मोरङको पथरीमा रहेको लायन्स क्लब अफ पथरी र लायन्स क्लब अफ योङ हार्टले १ लाख ६० हजार मूल्य बराबरका ४ वटा ह्वील चेयर वितरण गरेको छ ।

लायन्स क्लब अफ अन्तर्राष्ट्रियको सहयोगमा ४ जना शारीरिक अशक्तलाई ह्वील चेयर वितरण गरिएको हो । वडा नम्बर ५ हसन्दहका ६३ वर्षीय मोहनप्रसाद दङ्गाल, वडा नम्बर २ का ७३ वर्षीय मनमाया विश्वकर्मा, वडा नम्बर ९ का ५५ वर्षीय कुलबहादुर धिमाल र वडा नम्बर ६ का २५ वर्षीय वसन्त रोक्कालाई ह्वील चेयर वितरण गरिएको लायन्स क्लब अफ योङ हार्टका अध्यक्ष केदार बोहोराले बताए ।

ह्वील चेयर वितरण कार्यक्रमका प्रमुख अतिथि पथरी नगरपालिकाका प्रमुख दिलीपकुमार राईले लायन्सले गरेको कार्यले समाजमा सकारात्मक सन्देश दिएको बताए ।

दुवै संस्थाले गरेको सामाजिक कार्यमा हातेमालो गर्दै अगाडि बढ्न नगरपालिका तयार रहेको उनले बताए ।

lions wheel chair  (2)