बेलबारीः मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा आयोजना भएको आँखा शिविरमा ६ सय जनाभन्दा बढीले आँखा जाँच गरेका छन् ।
बेलबारी नगरपालिका वडा नम्बर ११ को आयोजनमा भएको शिविरमा १ सय ५० जनालाई निःशुल्क चस्मासमेत वितरण गरिएको वडाध्यक्ष यमबहादुर पोख्रेल (राजन)ले बताए ।
मोतियाबिन्दु, जलबिन्दु भएका तथा मासु पलाएका ६० जना बिरामीको अप्रेसनका लागि विराटनगर पठाइएको अध्यक्ष पोख्रेलले बताए । आँखाका बिरामीलाई वडाले निःशुल्क औषधि समेत दिएको छ । नेपाल नेत्रज्योति सङ्घ इटहरीको प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिविरको उद्घाटन बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले गरेका थिए ।