इटहरीः नेपाल ड्राइभिङ संघ प्रदेश १ काे अध्यक्षमा बाबुराम प्रधान निर्वाचित भएका छन् । प्रदेशभरीका ड्राइभिङ स्कुलका संचालककाे इटहरी भेलाले प्रधानलार्इ अध्यक्षमा चयन गरेका हुन् ।

उनले यादव पाैडेललार्इ ९ मतले जीतेका हुन् । पाैडेलले २० मत प्राप्त गर्दा प्रधानकाे २९ मत अाएकाे थिए ।

समितिकाे प्रथम उपाध्यक्षमा नगेन्द्र बजगाइर्इ (विनाेद), दितीय उपाध्यक्षमा शिव श्रेष्ठ, सचिवमा रूपक श्रेष्ठ, सह सचिवमा चन्द्र मिश्र, काेषाध्यक्षमा दिल कुमार नेम्वाङ, सदस्यहरूमा क्रमशः पवन सुब्बा, तुलसी कुमार निराैला, इन्द्र बहादुर अाङ्दाङवे, मनिष थापा, दिपक श्रेष्ठ, यज्ञराज दाहाल र नरेन्द्र बुढाथाेकी रहेका छन् ।

अध्यक्षकाे पदका लागि मात्र निर्वाचित भएकाे हाे । बाँकि पदमा भने सर्वसम्मत भएकाे बताइएकाे छ। निर्वाचित पश्चत प्रधानले यस पेशालाइ हेर्ने दृष्टिकाेण बदल्न लागि पर्ने बताए । सरकारी तवरले पनि ड्राइभिङ पेशालाइ सहिढंगले हेर्ने नगरेकाे भन्दै सरकारी दृष्टिकाेण परिवर्त पहिलाे अावश्यता रहेकाे बताएका छन् ।