इटहरीः प्रत्यक्ष निर्वाचित राप्रपाका एक्ला प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले प्रदेश १ को नाम सगरमाथा हुनुपर्ने बताएका छन् ।

आफ्नो पार्टी प्रदेश संरचनाको विरुद्ध भएको बताउँदै लिङ्देनले नाम र राजधानी राख्दा साझा राख्नुपर्ने बताए । उनले भने, ‘हामी प्रदेशको विपक्षमा हौँ । त्यही भएर नाम र राजधानीमा चासो छैन । राख्दा साझा राख्दा राम्रो हुन्छ ।’

कुनै एक जातीय आधारमा नाम नराखेर साझा हुनुपर्ने लिङ्देनले बताए । प्रदेश पोर्टलसँग कुराकानी गर्दै लिङ्देनले भने, ‘साझा नाम सगरमाथा हुन सक्छ । राजधानीको बारेमा जनमत लिन सकिन्छ ।’