झापाः मेचीनगर नगरपालिकाको तेस्रो नगरसभा आइतबार शुरु भएको छ । सभा १० दिनसम्म चल्ने बताइएको छ ।

नगरसभाको १ नम्बर प्रदेशसभा सदस्यत्रय गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली र राधा थापाले संयुक्त रूपमा उद्घाटन गरेका थिए । सभाको पहिलो दिन आइतबार विभिन्न सातवटा विधेयक संम्बन्धित विधेयक समितिको संयोजकले प्रस्तुत गरेका थिए ।
अधिकांश विधेयकमा प्रस्तुतकर्ताले नगरपालिकाको आन्तरिक स्रोत तथा सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरणलाई आर्थिक स्रोत तथा नगरपालिकाले ऐन कार्यान्वयनका लागि आवश्यक नियमवली, निर्देशिका वा कार्यविधि बनाउन सक्ने विधेयकको नियम बनाउने अधिकार कायम गरेको उल्लेख गरेका छन् ।

नगरप्रमुख विमल आचार्यले नगरसभाको अध्यक्षता गर्दै विधेयक प्रस्तुतका लागि संयोजकहरूलाई पालैपालो समय दिएका थिए । प्रस्तुत गरेको विधेयक उपर २ गतेसम्ममा सभासदहरुले आ—आफ्ना धारणा राख्न पाउने व्यवस्था छ । त्यसका लागि सचिवालयमा नगरपालिकाका सामुदायिक विकास अधिकृत अनन्तप्रकाश वस्तीसँग सम्पर्क गरी नाम दर्ता गर्नुपर्ने नगरप्रमुख आचार्यले बताए ।

mechi nagar t  (2)