फाइल तस्बिर
भोजपुरः भोजपुरको पूर्वी पौवादुङ्मा गाउँपालिका–५ सानोदुङ्मामा आगलागी हुँदा ३ घर जलेर नष्ट भएका छन् ।
सानोदुङ्माको चौकीबारीमा मङ्गलबार दिउँसो सवा ४ बजेतिर स्थानीय बज्रसिं राईको गोठबाट आगो सल्केको थियो । सो आगोले छिमेकी मनकुमार राई र चितामान राईको घर पनि जलेको थियो ।
आगलागीमा परी घरमा रहेका लत्ताकपडा, अन्नपात, काठपात, पैसा, सुनलगायतका सामान सबै जलेको वडाध्यक्ष दलबहादुर राईले बताए । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको बास्तिम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पुष्कर ढकालले बताए ।