झापाः दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याउने उद्देश्ले प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालय इटहरी सुनसरीलाई १० थान मोटरसाइकलसहित रु ३५ लाखको सहयोग सामग्री प्रदान गरिने भएको छ ।

सडक दुर्घटना न्यूनीकरण महाअभियान झापाले सो कार्यालयलाई १० थान मोटरसाइकल, ब्रेथलाइजर र ह्वील लकसहित ७ सय चालक तथा परिचालकलाई पोशाक वितरण गर्न लागिएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताए ।

अभियानले मङ्गलबार बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरी समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सडक दुर्घटना न्यूनीकरण महाभियानको दोस्रो चरणमा सो सामग्री प्रदान गर्न लागिएको संयोजक गिरीले बताए । उनका अनुसार सो सामग्री बिर्तामोडमा एक समारोहका बीच फागुन ३० गते ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिँदैछ ।

सडक दुर्घटना न्यूनीकरणसम्बन्धी १५ दिने अभियान प्रदेश नं. का १४ वटै जिल्लामा सञ्चालन गरिने प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश गौतमले बताए । उनका अनुसार फागुन ३० गते झापाबाट शुरु हुने सो महाअभियान १५ दिनसम्म सञ्चालन हुनेछ ।