झापाः रु २ करोड ५५ लाखको लागतमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन निर्माण हुने भएको छ ।
बिर्तामोड नगरपालिकाले ८ कठ्ठा जग्गा उपलब्ध गराएपछि भवन निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले बताए । ३ तले सो भवन भूकम्प प्रतिरोधात्मक हुने बताइएको छ ।