झापाः जङ्गली हात्तीको आक्रमणबाट कनकाई नगरपालिका–२ का ६३ वर्षीय होमनाथ खनालको मृत्यु भएको छ ।
मङ्गलबार अपराह्न जामुनखाडी सामुदायिक वनमा घाँस काट्न गएका खनाललाई हात्तीले कुल्चेर मारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए । उनका अनुसार खनालसँगै घाँस काट्न गएका कनकाई–२ माझी गाउँका ४ जना भने भागेर बच्न सफल भएका छन् ।