झापाः नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद स्व. जीतबहादुर पुरीको परिवारलाई भेटी शोक व्यक्त गरेका छन् । भद्रपुर–८ निवासी काङ्ग्रेसका पुराना नेता पुरीको गत फागुन २२ गते ७७ वर्षको उमेरमा भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटलमा उपचारकै क्रममा निधन भएको थियो ।
पूर्वप्रधानमन्त्री देउवाले स्व पुरीकी धर्मपत्नी मीरा केसी, दुई छोरा रविन र अजितलगायत परिवारका सदस्यलाई भेटेर पार्टीको तर्फबाट समवेदना व्यक्त गरेका थिए ।
काङ्ग्रेस झापा क्षेत्र नं ३ का सचिव रमेश पोखरेलका अनुसार समवेदना व्यक्त गर्न सभापति देउवासँगै पार्टीका उपसभापति विमलेन्द्र निधि र सहमहामन्त्री डा प्रकाशशरण महत पनि पुरी निवास गएका थिए ।
यसैगरी, सभापति देउवाले मेचीनगर–२ निवासी पार्टीका पुराना कार्यकर्ता स्व ढुण्डीराज घिमिरेको परिवारलाई पनि भेटी शोक व्यक्त गरेका छन् ।