धनकुटाः प्रदेश नम्बर १ का आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोको विरोध गरेको आरोपमा लिम्बुवान स्प्रिङ आन्दोलनका ११ जना पक्राउ परेका छन् ।

लिम्बुवानविरूद्ध पटकपटक विवादास्पद अभिव्यक्ति दिएको भन्दै उनीहरूले आङ्बोविरुद्ध कालो झण्डा देखाएपछि प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

धनकुटाको चौबिसे गाउँपालिकाको राजारानीमा शुरु भएको याक्थुङ चुम्लुङको २२ औँ परिषद् बैठकमा सहभागी हुन आएका मन्त्री आङ्बोलाई कालो झण्डा देखाउने पक्राउ परेको बताइएको छ । उनीहरूलाई बुधबार साँझ नौ बजे दुई घण्टा नियन्त्रणमा लिएपछि छाडिएको प्रहरीले जनाएको छ ।