धरानः सङ्घीय समाजवादी पार्टीको भगिनी सङ्गठन सङ्घीय समाजवादी महिला फोरमको धरान अध्यक्षमा ममता वान्तवा राई सर्वसम्मत चयन भएकी छिन् ।

धरानको चुम्लुङ भवनमा भएको पहिलो अधिवेशनले ममता वान्तवा राईको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा कमला राई, सचिवमा लक्ष्मी राई, सहसचिवमा कल्पना राई, कोषाध्यक्षमा दिलकुमारी राई चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा चन्द्रकला लिम्बू, प्रमिला बिक, निशा राई, रुपालक्ष्मी भुजेल, ज्योति शेर्पा, सानू ल्वागुन, दिलकुमारी राई र मीना राई चयन भएका छन् ।

त्यस्तै, कमला मोक्तान, दिलमाया तामाङ, पञ्चमाया बिक, तुलसी राई, ललिता लिम्बू, प्रेमकुमारी सुनुवार, टीका शङ्कर र बिना तामाङ पनि सदस्य छानिएका छन् ।

नगर अधिवेशन सङ्घीय समाजवादी महिला फोरम १ नम्बर प्रदेश तदर्थ समितिका अध्यक्ष एवम् पार्टीकी केन्द्रीय सदस्य निर्मला तावाको प्रमुख आतिथ्यमा भएको थियो । नवनिर्वाचित समितिलाई महिला फोरम प्रदेश १ की कोषाध्यक्ष कमला सुब्बाले शपथ ग्रहण गराएकी थिइन् ।