धरानः सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारलाई पदबाट हटाएको छ ।
प्रतिष्ठानका सहकुलपति उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको सिफारिशको आधारमा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले रौनियारलाई पदबाट हटाउने निर्णय गरेका हुन् । यसअघि फागुन १६ र १७ गते बालुवाटारमा बसेको प्रतिष्ठानको सञ्चालक समिति (सिनेट) बैठकले प्रतिष्ठानका उपकुलपति पदबाट डा. रौनियारलाई हटाउने निर्णय सिफारिश गर्ने निर्णय गरेको थियो ।
सिनेटको सोही निर्णयको आधारमा स्वास्थ्यमन्त्री यादवले उपकुलपति रौनियारलाई पदबाट हटाउन प्रधानमन्त्रीसमक्ष सिफारिश गरेका थिए । सिनेट बैठकको निर्णय कार्यान्वयनको लागि सहकुलपतिले प्रधानमन्त्रीसमक्ष सिफारिश गर्ने र सोही आधारमा निर्णय हुने प्रावधान छ ।