इटहरीः इटहरीलाई प्रदेश नम्बर १ को राजधानी बनाउन दबाब सिर्जना गर्न नमुना मतदान गरिने भएको छ । प्रदेश १ को केन्द्र इटहरी रहेको सन्देश दिन भोलि रेयुकाइ चौतारीमा राजधानी सरोकार समितिले नमुना मतदान गर्ने भएको हो ।
आज इटहरी उपमहानगरपालिकामा सरोकार समाजले आयोजना गरेको पत्रकार सम्मेलनमा नमुना मतदान गरिने जानकारी दिएको हो । सम्मेलनमा इटहरीलाई राजधानी बनाउन आजदेखि दबाबमूलक कार्यक्रम गर्ने समेत जनाइएको छ ।
पत्रकार सम्मेलनमा पार्टी प्रतिनिधि, र व्यवसायीहरूको पनि उपस्थिति थियो ।