धरानः धरानको सर्दू खोलाबाट ढुङ्गा गिटी झिक्न खोला ठेक्का लगाएको विरोधमा शुक्रबार केही स्थानीयले उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।

उपमहानगरपालिकाले सर्दू खोलाको आईईई (वातावरण प्रभाव मूल्याङ्कन) गरेर त्यसको प्रतिबेदन अनुसार टेण्डर आह्वान गरेको थियो । टेण्डरको फारम वितरण गर्ने मिति आज दिउँसो सम्मको छ । सर्दू खोला सरोकार संरक्षण समिति नाम दिएर दिइएको धर्नामा खोला किनारका सुकुम्बासीलाई सहभागी गराइएको छ ।

आन्दोेलनको नेतृत्व पूर्व माओवादीका स्थानीय नेता सुर्दशन श्रेष्ठले गरेका छन् । खोला उत्खनन गर्नु अघि खोला किनारमा तटबन्ध निर्मण गर्नुपर्ने माग आन्दोलनरत पक्षको छ ।

उपमहानगरपालिकाले भने यसलाई छलफलको माध्यमबाट टुङ्ग्याउने भन्दै वार्ताको प्रस्ताव गरेको थियो । उपमहानगरपालिका र घेराउ गर्ने समूहबीच उपमहानगरपालिकामा छलफल शुरु भएको छ ।