विराटनगरः नेकपाका अध्यक्ष एंवम प्रधानमन्त्री केपी अाेलीले पाटी झनझन बलियाे भएकाे बताएका छन् । अाज प्रदेश एक कमिटीलाइ विराटनगरकाे तीनपैनीस्थति साविक माअाेवादीकाे पाटी कार्यालयमा सपथ खुवाउँदै दुइ तिहाइकाे दम्भ कतिन्जेल टिक्छ भन्नेलाइ जवाफ दिइने बताएका हुन् । 
 शपथ कार्यक्रममा ओलीले सरकार दुइटा तिहाइको मात्र नभएको भन्दै त्यो भन्दा शक्तिशाली हुने तर्क गरेका छन् । तीनै तहमा बलियो सरकार रहेको भन्दै जनभावना बुझेर काम गर्नुपर्ने दायित्व रहेको बताए ।

केही नेताहरूले आफ्नै नेतृत्व र सरकार विरुद्ध बोलिरहेको भन्दै त्यस्तालाई कार्यकर्ताले साथ दिन नहुने समेत बताए । तर नेतृत्व विरुद्ध बोल्ने को नेता भनेर चहि ओलीले खुलाएनन् ।
प्रदेश कमिटी सदस्यलाई शपथ खुवाइ सके पछि ओली सुनसरीको दक्षिणवर्ती सीमानामा पर्ने बुर्जुवा ताल संरक्षित क्षेत्रमा पुगेर आम सभालाई सम्बोधन गरेका थिए । त्यहाँ कोसी टप्पु पछिको उत्कृष्ट सिमसार क्षेत्र हुने भन्दै एक सय भन्दा बढी विगाहा भएको यस क्षेत्रलाई संरक्षण गर्न सरकार तत्पर रहेको भन्दै गुरु योजना तयार पारेर ल्याउन आग्रह समेत गरेका थिए ।
ओली आजै काठमाडौँ फर्किएका छन् ।

vlcsnap-2019-03-17-19h01m39s790