इटहरीः प्रदेश नम्बर १ मा समाजकार्य विषय अध्ययनरत युवाहरूको भेला इटहरीमा शुरु भएको छ । अन्तर्राष्ट्रिय समाज कार्य दिवसको अवसरमा इटहरीको लायन्स भवनमा सम्मेलन शुरु भएको हो ।
इटहरी नमुना कलेज समाजिक कार्य विभागले आयोजना गरेको कार्यक्रमलाई प्रतिनिधि सभा सदस्य राम कार्की (सुरेन्द्र) ले उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले समाजिक कार्य अध्ययनरत विद्यार्थीको भेलाले प्रदेश सरकारलाई कार्यक्रम पश्चात् सामाजिक समस्याको विषयमा घच्घच्याउनु पर्ने जनाए ।
‘प्रदेश एकभरिकै व्यावसायिक सामाजिक कार्यकर्ताहरु हुनुहुन्छ । वैज्ञानिक तरिकाले समाजको अध्ययन तपाईंहरू गर्न सक्नुहुन्छ’, कार्कीले भने, ‘कार्यक्रम सकिएपछि छलफलको विषयलाई प्रदेश सरकारसम्म पुर्याउनुहोला । प्रोफेसनल सामाजिक कार्यकर्ताको सुझाव प्रदेशले पनि लिनु पर्दछ ।’
२ दिनसम्म चल्ने कार्यक्रममा प्रदेश भरिका ३ सय जनाभन्दा बढी सहभागी छन् । कार्यक्रममा विभिन्न उत्पे्ररक वक्ताहरूले सहजीकरण समेत गर्ने भएका छन् ।