भद्रपुरः भद्रपुरको ब्राइट फ्युचर इङ्लिस सेकेण्डरी स्कुलले १७ औं वर्ष पूरा गरेको अवसरमा विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाएको छ ।

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा उत्कृष्ट विद्यार्थी पुरस्कार र सम्मानसहित विविध सांस्कृतिक कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो ।

विद्यालयका संस्थापक प्रिन्सिपल रत्नबहादुर गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी र १ सय १० वर्षीया ज्येष्ठ नागरिक दुलासरी राजवंशीलगायतलाई सम्मान गरिएको थियो