धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा राजकुमार रौनियारले देशमा कानुनी राज्य छ भन्ने कुरा प्रमाणित भएको बताएका छन् ।
सोमबार सर्वोच्च अदालतले उपकुलपति हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्नू भन्ने आदेश दिएपछि उनले आफूले न्याय पाएको प्रतिक्रिया दिएका छन् । उनले अफ्नो अभियोग प्रमाणित नभई कारवाही गरिएकोमा अन्याय भएको बताउँदै आएका थिए । रौनियारलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सोमबार अदालतले आदेश दिएको छ ।