बेलबारीः फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व पहाडी जिल्लामा बुधबार मनाइरहँदा तराईका जिल्लामा भने होलीको प्रचार फरक ढङ्गबाट विद्यार्थीले गरेका छन् ।

प्लेकार्ड, ब्यानरसहित विद्यार्थीहरूले होलीलाई सभ्य चाडको रूपमा मनाउन आग्रह गर्दै बजार परिक्रमा गरेका छन् । ‘होली सभ्यताले मनाआँै, सभ्य र शिष्ट भएर मनाऔँ, इच्छाविपरीत रङ लोला नहानाँै” जस्ता प्लेकार्ड सहित निस्किएका विद्यार्थीहरूले माईकिङ गर्दै बेलबारीमा ¥याली निकालेका छन् ।

होली पर्वमा अमर्यादित तथा उच्छृङखल गतिविधि हुन थालेको भन्दै चेतना फैलाउन ¥याली निकालेको बेलबारीको शिक्षा सन्देश स्कुलले जनाएको छ । अवञ्छित गतिविधि कम होऊन् भनेर इलाका प्रहरी कार्यालयसँगको सहकार्यमा कार्यक्रम गरिएको स्कुलका काउन्सिलर भुपाल बस्नेतले बताए ।

नेपाल प्रहरीले होलीका समयमा हुने अमर्यादित र उच्छृङ्खल गतिविधि रोक्न विशेष योजना लागू गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख रामकुमार राईले बताए । प्रहरीले होलीलाई लक्षित गरी शान्ति सुरक्षा थप कडा बनाएको समेत जनाएको छ । प्रहरीले होलीलाई मर्यादित बनाउन पर्चा समेत वितरण गरेको छ ।