धरानः वरखास्तीमा परेका विपी प्रतिष्ठानका उपकुलपती प्रा.डा. राजकुमार राैनियारले पुनः पदवाहाली गरेका छन् । उनलाइ फागुन २६ गतेकाे प्रतिष्ठान सिनेट बैठकले वरखास्तीका लागि प्रधानमन्त्री समक्ष सिफारिस गरेकाे थियाे । प्रधानमन्त्रीले उक्त सिफारीस सदर गरेपछि उनकाे ठाउँमा रेक्टर गुरू खनाललाइ कार्यवहाक उपकुलपतीकाे जिम्मेवारी दिइएकाे थियाे ।
अन्यायमा परेकाे भन्दै राैनियार सर्वाेच्च पुगेका थिए । उनलाइ सवाेच्चले चैत ४ गते अल्पकालित अन्तरिम अादेशमार्फत सिनेटकाे निर्णयलाइ कार्यान्वयन नगर्न भनेकाे थियाे ।
उनि अाज ११ बजे उच्च सुरक्षा घेराबिच प्रतिष्ठानमा जिम्मेवारी सम्हाल्न पुगेका थिए ।