ताप्लेजुङः प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन गरी फर्कने क्रममा बेहोस भएका एक तीर्थयात्रीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका–७ ललितपुरका ६१ वर्षीय कृष्णहरि थापा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रहरीका अनुसार पाथीभरा मन्दिरमा पूजा गरेर र्फकने क्रममा बेहोस भएका थापाको उपचारका क्रममा जिल्ला अस्पताल ताप्लेजुङमा मृत्यु भएको हो । माथिल्लो फेदी नजिकै पर्ने कान्छीथान भन्दा केही माथि बेहोस भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याइएको थियो । थापा ३७ जनाको टोलीसहित पाथीभरा दर्शनका लागि आएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका सचिव लक्ष्मी काफ्लेले बताए ।