विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाले आज होलीको अवसर पारेर नगरवासीबीच होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

नगरप्रमुख शिवप्रसाद ढकालले आफ्नै निवासमा कार्यक्रमको आयोजना गरेर नगरवासीलाई शुभकामना आदानप्रदान गर्ने अवसर प्रदान गरेका हुन् ।

सो कार्यक्रममा नगरपालिकाकी उपमेयर धनमाया तामाङ, वडाध्यक्षहरु र नगरकार्यपालिकाका सदस्यहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा कोशीहरंैचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज चापागाई, पिएल ओ लुब्रिकेन्का प्रोपाइटर भोलेश्वर दुलाललगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधि लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

पछिल्लो समयमा विकास निर्माणका कामले सर्वसाधारण जनतासँग पातलो भेटघाट भइरहेको बेलामा चाडबाडको अवसरमा गरिएको शुभकामना आदानप्रदान कार्यक्रमले सर्वसाधारणसँग भेटघाट गर्ने र खुसी साट्ने अवसर मिलेको ढकालले बताए ।

शुभकामना साटासाट गर्न पुगेका सबैलाई नगरप्रमुख ढकालले जलपानको व्यवस्था गरेका थिए ।

होलीकै अवसर पारेर आज सुन्दरहरैचा, बेलबारी लगायत उत्तरी मोरङका विभिन्न स्थानीय पालिकाका विभिन्न स्थानका कार्यक्रम भइरहेका छन् ।

चाडबाडको नाममा हुने अवाञ्छित गतिविधिलाई मध्यनजर गरेर सुरक्षा व्यवस्था पनि कडा गरिएको इलाका प्रहरी कार्यलय बेलबारीले जनाएको छ ।

होलीको वेला हुन सक्ने झडप तथा दुर्घटनालाई मध्यनजर गरेर बीचबीचमा सुरक्षाकर्मी परिचालन गरिएको इलाका प्रहरी कार्यालयले बताएको छ ।

holi sundar haraica