बेलबारीः मोरङको बेलबारीमा लडेर घाइते अवस्थामा भेटिएकी एक जना महिलाको उपचारका क्रममा मृत्यु भएको छ । बेलबारी–३ स्थित पुरानो बेलबारीमा अचेत अवस्थामा भेटिएकी उनको उपचारका लागि नोबेल मेडिकल कलेज विराटनगरमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

४०–४५ वर्षकीजस्ती देखिने ती महिलाकोे पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।