बेलबारीः बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदी तथा सुन्दरहरैंचाका मेयर शिवप्रसाद ढकाललले अबिर दल्दै दुई नगरबीचको विकासलाई सहकार्य गरेर जाने बताएका छन् ।

बेलबारी जेसीजले गरेको होली मिलन कार्यक्रमालाई सम्बोधन गर्दै उनीहरूले होलीले एक अर्कामा सहानुभूति साट्ने बाटोसमेत मिलाएको बताए । दुर्ई नगरबीचक केही तीतामीठा कार्य भएका भए होलीको रङ पखाल्दा सबै पखालेर हातेमालो गरेर अगाडि बढ्ने बेलबारी नगरपालिकाका मेयर सुवेदीले बताए ।

उता, साझा मुद्दामा सहकार्य गरेर अगाडि बढ्ने सुन्दरहरैंचाका मेयर ढकालले बताए । राजनीतिभन्दा माथि उठेर विकास निर्माणका काममा सहकार्य गर्ने दुवै मेयरले बताए । सुवेदी तत्कालीन एमालेबाट विजयी भएका हुन् भने ढकाल काङ्ग्रेसबाट विजयी भएका हुन् ।