फाइल तस्बिर
ताप्लेजुङः ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–२ सान्थाँक्रामा घरमा भएको आगलागीमा परि १ जना महिलाको ज्यान गएको छ ।
सान्थाँक्रा स्थित दिदिमा टोलका जीतबहादुर आवजुङ लिम्बूको घरमा अचानक आगलागी हुँदा सो आगलागीमा परी जीतबहादुरकै श्रीमती ४२ वर्षीया यमुहाङमा आवजुङ लिम्बूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ ।

घटनापछि प्रहरी टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरेर मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याएको थियो । पोष्टमार्टम पछि शव परिवारलाई जिम्मा लगाइएको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । आगलागीको कारण खुलेको छैन ।