भोजपुरः नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर उडान सेवा बन्द भएको छ ।

मौसम प्रतिकूल भएकाले केही दिनका लागि उडान सेवा बन्द गरिएको नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले बताए ।

मौसममा सुधार भएपश्चात् पुनः उडान सञ्चालन गरिने उनले जानकारी दिए । निगमले यसअघि भोजपुर–विराटनगर हप्तामा बिहीबार र शनिबार उडान भर्दै आएको थियो । भोजपुर–काठमाडौँ भने हप्तामा सातै दिन उडान भइरहेको निगमले जनाएको छ ।