फाइल तस्बिर

उदयपुरः केही दिनयता उदयपुरका विभिन्न सामुदायिक वनमा आगलागी भएको छ ।

उदयपुरको हँडिया सामुदायिक वन र शिवशक्ति सामुदायिक वनको साउने खाँबु क्षेत्रमा भएको आगलागी नियन्त्रणका लागि दमकल प्रयोग गरिएको र अहिले आगलागी नियन्त्रणमा आएको डिभिजन वन कार्यालय गाईघाट उदयपुरले जनाएको छ ।

यसैगरी, उदयपुरका करिब एक सयभन्दा बढी सामुदायिक वनमा आगलागी भइरहेको र यसको नियन्त्रण गर्ने कार्य कर्मचारी र स्थानीयवासीले मात्र सम्भव नदेखिएपछि कटारी, त्रियुगा र चौदण्डी नगरपालिकाका ३ वटा दमकललाई प्रयोगमा ल्याएको डिभिजन वन कार्यालयले जनाएको छ ।