इटहरी / सङ्घीय समाजवादी फोरम नेपाल (ससफो ) को दोस्रो इटहरी नगर अधिवेशन चैत १९, २० र २१ मा हुने भएको छ ।  १९ गते रक्तदान, २० गते उद्घाटन सभा र २१ गते बन्द सत्र हुने ससफोका इटहरी नगर अध्यक्ष डिल्लि सुब्बाले जानकारी दिएका छन् ।   

टहरीको मनसान्त होटेलमा आयोजित पत्रकार सम्मेलन मार्फत अधिवेशन बारे जानकारी गराइएको हो । यसभन्दा अगाडिको पहिलो अधिवेशनले तदर्थ समिति गठन गरेको र त्यही समितिले अधिवेशन गराउने भएको हो ।

"विभेदरहित समावेशी लोकतन्त्र, पहिचान सहितको सङ्घीय गणतन्त्र" भन्ने मुलनाराको साथ दोस्रो अधिवेशन हुने भएको हो । पार्टी अध्यक्ष तथा सङ्घीय सरकारका स्वास्थ्य एंवम् जनसंख्या मन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यमा अधिवेशन उद्घाटन हुने बताइएको छ ।

अधिवेशनको लागि विभिन्न उपसमिति गठन गरेर कामको बाँडफाँड गरिसकिएको सुब्बाले बताए ।