पश्चिमतर्फ विष्णुपादुका मन्दिर । मन्दिर छेउ पवित्र कोकाहा खोला । पूर्व उत्तर गुरुङ छाप । पूर्वमा नजिकै कार्कीछाप अलि परतिर छपक्क बसेको धरान बजार । यिनीहरूको बीचमा सुन्दर माने गाउँ । जहाँ ९ जना महिलाले सञ्चालन गरेका छन् कोकाहा कृषि सामुदायिक होमस्टे । त्यसकी अगुवा हुन् जुनमती तामाङ । सबै तामाङका घर । घर अगाडि लुङ्दार । ढोकामा सम्भोट लिपी लेखिएका झल्लर । कोठाभित्र बुद्धको मूर्ति र फोटो सजाइएको पूजा कोठा ।
हामीले धरान वरपर होमस्टे सञ्चालन गर्न १ महिना अघि २ दिने तालीम आयोजना गरेका थियौं । तालिमको परिणामस्वरूप होमस्टेका लागि स्थानीयले सबै तयारी गरिसकेका छन् । ९ वटा समुदाय छनोट गरेपछि अगाडि देखिए महिलाहरू । कोकाहा कृषि सामुदायिक होमस्टेका सबै सदस्य महिला मात्र छन् । पुरुषहरू खेतीपाती र मजदुरी गर्छन् । घरको रेखदेख महिलाका हातमा छ ।
प्रत्येक घरले एक एक कोठा होमस्टेका लागि तयार गरेका छन् । एकै पल्टमा ३० जनालाई बास बसाउन सकिने व्यवस्था छ । धरानको भानुचोकबाट १० किमी पश्चिम उत्तर । धरानको मङ्गलबारेबाट कच्ची ग्राभेल बाटो । बाटो भने चौडा छ । जिरो प्वाइन्टबाट चिण्डेडा“डा हुँदै पनि त्यहाँ पुग्ने सडक तयार भएको छ । जिरो प्वाइण्टबाट अझ नजिक पर्दछ ।
होमस्टे आउने पाहुनालाई उनीहरू बेलुका तामाङ सेलो नाच प्रस्तुत गर्छन् । तर, त्यसका लागि अग्रिम अनुरोध गर्नुपर्दछ । अन्त कतै नभएको सिस्नोको रक्सी ख्वाउँछन् । पाखामा त्यत्तिकै उम्रने सिस्नोलाई चारो र खोले बनाउने गर्दथे । होमस्टे सञ्चालन गर्ने भएपछि रक्सी बनाउन थालेका छन् । रैथाने कुखुराको मासु, भात, ढिँडो स्थानीयले उत्पादन गरेका प्राङ्गारिक सब्जी उनीहरूले पस्किने परिकार हुन् । सबै स्थानीय खाना र स्थानीय स्वाद । बिहानको नास्तामा उसिनेको आलु, मक,ै भटमास हुन्छ ।
टोलमा माने (स्तुपा) बनाइएको छ । त्यही मानेका कारण यो ठाउ“लाई माने डा“डा भनिएको हो । बास बसेको भोलिपल्ट बिहान विष्णुपादुका मन्दिर लैजान्छन् । मन्दिरमा पैदल जाँदा २० मिनेट लाग्छ । मन्दिर छेउमा झोलुङ्गे पुल छ । मन्दिर बाहिर लहरै धारा छन् । भगवान् विष्णुले पहिलो पल्ट श्राद्ध गरेको र आफ्नो पाउको निशाना छाडेको हुनाले यो स्थल पवित्र मानिन्छ । स्कन्धपुराणमा यो मन्दिर र कोकाहा नदीको वर्णन गरिएको छ ।
सनातन धर्मावलम्बी पितृश्राद्ध गर्न वर्षैभरि यहा“ आउँछन् । मन्दिर छेउ बुद्धको मन्दिर छ । मन्दिरका पुजारी तामाङ जातिका छन् । उनीहरू आफ्नो संस्कार बुद्धिष्ट परम्पराअनुसार गर्छन् र सनातन धर्मअनुसार मन्दिरको पूजापाठ गर्छन् । सद्भावपूर्ण संस्कृति देख्न पाइन्छ । अलि मास्तिर गुम्बा बनेको छ । मन्दिरको दक्षिण पश्चिममा तीन तले धर्मशाला छ । धरानका यातायात व्यवसायीले बनाएका हुन् धर्मशाला ।
पाहुनालाई फूल दिएर स्वागत गर्ने र फूल दिएर नै बिदाइ गर्ने उनीहरूले चलन बनाएका छन् । एक रातभन्दा धेरै बस्ने पाहुनालाई गुरुङ छाप, कार्की छाप, चिण्डेडा“डा, माछामारा, गोर्खा स्मृति पार्क घुमाउँछन् । आफूले गरिरहेको कृषि कर्म र रक्सी बनाउने कार्यमा पनि पाहुनालाई सहभागी गराउने जुनमतीले बताइन् । शहरको नजिकै र कोलाहलबाट केही दिनलाई मुक्त हुन उपयुक्त हुन्छ ।
त्यहा“बाट सिधै शहरलाई नियाल्न पनि सकिन्छ । केही घरका कोठाका झ्यालबाटै धरानको दृश्यपान गर्दै वास बस्न सकिन्छ । धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मन्जु भण्डारीले शुक्रबार उद्घाटन गरेर होमस्टेको औपचारिक सुरुवात गरेकी छिन् ।
खानाको मूल्यसूची
खाना लोकल कुखुरा–२५०।–
खाना सादा –१५०।–
बास प्रतिकोठा–५००।–
वास प्रतिव्यक्ति–२००।–
रक्सी प्रतिबोतल–३००।–
सम्पर्क–जुनमती तामाङः ९८६१५७२१४४
(बराल पर्यटन व्यवसायी हुन्, उनि धरानकाे सेक्ष ट्राभलिङसँग सम्बद्द छन् । )