भोजपुरः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका ३ जना कार्यकर्तालाई भोजपुर प्रहरीले पक्राउ गरेको छ ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ नागीका सञ्जय राई, पौवादुङ्मा गाउँपालिका–३ च्याङ्ग्रेका विकास राई र साल्पासिलिछो गाउँपालिका–१ कुलुङका महेन्द्र तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।

पक्राउ परेका सञ्जय राई र महेन्द्र तामाङ जिल्ला कमिटी सदस्य तथा विकास विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष भएको बताइएको छ । भोजपुर सदरमुकाममा पक्राउ परेका सञ्जय र विकासलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी केशवकुमार थेबेले बताए । महेन्द्र तामाङलाई प्रहरीले जिल्लामा ल्याउने क्रममा रहेको डिएसपी थेबेले बताए ।