विराटचोक: गायक पशुपति शर्माले लुट्न सके लुट् कान्छा अरू देशमा पाईदैन नेपालमै हो छुट गीत गाएर विवाद तानिए । यो गीतले सत्ता पक्ष र प्रतिपक्ष बिच चलेको जुहारी नै चल्यो । यस्तो जुहारी चलेको केही समय नबित्दै मोरङ सुन्दरहरैँचा नगरपालिकाका एक जना वडा अध्यक्षले नक्कल गर्दै सामाजिक सजालमा स्टाटस लेखेका छन् ।
सुन्दरहरैचा वडा नम्बर १० का वडा अध्यक्ष राजेन्द्र बहादुर थापाले ‘माकुरा लुट्न सम्म लुट कान्छा सुन्दरहरैचा, अन्त छैन छुट’ भनेर स्टाटस लेखेका छन् । लामो समय सम्म कार्यापालिकाको बैठक समेत बस्न नसकेको सुन्दरहरैचामा उनले नगर प्रमुखलाई लक्षित गरेर स्टाट्स लेखेको हुन सक्ने अनुमान गरिएको छ । उनीसँग फोनमा सम्पर्क गर्दा लुटेनहरुलाई लेखेको बताएका छन् ।
उनले कुनै व्यक्तिलाई लक्षित नगरी गलत कार्यलाई विरोध स्वरूप सामाजिक सजालमा लेखेको उनले बताएका हुन । थापाले गीत चर्चामा भएकाले सामाजिक सजालमा फेसबुकमा पोस्ट गरेको बताए ।
सुन्दरहरैचामा मेयर शिव ढकाल र उपमेयर धना तामाङको आ– आफ्नो अडानका बिच सुन्दरहरैचा कार्यापालिकाको बैठक बस्न सकेको छैन । बैठक बस्न नसकेपछि योजना अलपत्र बनी रहेका वेला वडा अध्यक्षको स्टाट्सले महत्त्व राखेको छ । उनको यो स्टाटसले सुन्दरहरैँचामा नयाँ तरङग समेत आएको छ ।