फाइल तस्बिर
भोजपुरः भोजपुर नगरपालिका वडा नं. २ हेलौछास्थित छोक्लामा मनशेर राईको घर जलेको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।

आगलागीमा परी घरमा रहेको लत्ता कपडा, काठपात, २ तोला सुन जलेर नष्ट भएको बताइएको छ । आज दिउँसो लागेको आगो प्रहरी र स्थानीयले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले बताए ।