तस्बिरः गुरू ढकाल
इटहरीः नेपाली काँग्रेस इटहरीका दुई धारका नेता एकै मञ्चमा उपस्थित भएर पार्टीलाई एक ढिक्का बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीय नेताहरू रोहित प्रसाई र हेमकर्ण पौडेलले आज इटहरी–८ मा भएको कार्यकर्ता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै पाटीलाई बलियो बनाउँदै लग्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
नेपाली काँग्रेस ८ नम्बर वडा समितिले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्रसाईले नेता तथा कार्यकर्तामाझ कुनै तिक्तता नभई हातेमालो गरेर अघि बढ्नुपर्ने विचार व्यक्त गरे । स्थानीय निकायको निर्वाचन भएको दुई वर्ष बितिसक्दा सोचेअनुसारको विकास नभएको भन्दे पार्टीका सबै नेता कार्यकर्ता एक हुँदै सरकारका गतिविधिको निगरानी बढाउँदै जनताको हितमा काम गर्नुपर्ने बेला भएको बताए ।
‘लिङ्क रोड लगायतका भित्री सहरीयोजनाहरु समयमा सम्बन्धन गर्न हामीले नगरपालिकालाई दबाब दिनुपर्छ ।’ प्रसाईले भने ।
उनले सहरी स्वास्थ्य योजना अन्तर्गतको एउटा भवन वडा नम्बर ८ मा बनाउने बारे पहल गर्ने बताए ।
त्यस्तै अर्का नेता पौडेलले पार्टीमा पुराना कुरा बीर्सेर नयाँ सोचका साथ एक हुँदै जानुपर्ने बताए । उनले अहिलेको सरकार प्रजातन्त्र प्राप्ति पश्चातको सबै भन्दा बढी निरङ्कुश भएको समेत बताए । कार्यकर्ता जागरुप बन्नुपर्ने समय रहेको भन्दै उनले भने– ‘जनताको हितमा सरकारले काम गरेको छ की छैन भन्ने कुराको निगरानी बढाउनुपर्ने समय आएको छ ।’
कार्यक्रममा अन्य स्थानीय नेताहरू दीपक ढकाल, शिव दाहाल, होमबहादुर खड्का, हृदयनाराण झा, पन्छीकुमारी वाइवालगाएतको उपस्थिति थियो ।