झापाः झापाको दमकमा बुधबार साँझ भएको सवारी दुर्घटनामा परी एक भारतीय नागरिकको मृत्यु भएको छ ।

दमक–४ स्थित चिया बगान नजिकै पूर्व पश्चिम राजमार्गमा ना ६ ख २८९३ नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा भारत घर भई हाल दमकमा ज्याला मजदुरी काम गर्दै आएका एक व्यक्तिको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।