इनरुवाः सुनसरीको कोशी गाउँपालिका–७ हरिपुर क्षेत्रमा पिकअप गाडीको ठक्करबाट अर्नाको मृत्यु भएको छ । पूर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ च ५९५८ नम्बरको पिकअप गाडीको ठक्करबाट कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको अर्नाको मृत्यु भएको हो ।

पिकअपको ठक्करबाट अर्नाको घटनास्थलमै मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए । ठक्करपछि सो पिकअप सडकमा पल्ँिटदा त्यसमा सवार तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा चालक दाङको गडुवा गाउँपालिका–२ का १८ वर्षीय श्रीचन्द्र चौधरी र सोही पिकअपमा सवार ४१ वर्षीय ज्ञानप्रसाद चौधरी र ३८ वर्षीय जीतराम चौधरी रहेका छन् । घाइतेको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको बताइएको छ ।