इलामः इलामको रोङ गाउँपालिका–४ को वडा कार्यालय निर्माणका लागि स्थानीय समाजसेवीले करीब रु २० लाख मूल्य बराबरको ३ रोपनी जग्गा दान गरेका छन् । साविक कोल्बुङका होमबहादुर लिम्बू र लीलाबहादुर लिम्बूले निःशुल्क जग्गा दान गरेका हुन् ।
होमबहादुर लिम्बूले दुई र लीलाबहादुर लिम्बूले एक रोपनी जग्गा दान दिएको वडाध्यक्ष सूर्यबहादुर राईले बताए । जग्गा गाउँपालिकाका नाममा रजिष्ट्रेशन पाससमेत गरिसकिएको उनले बताए ।
प्राप्त जग्गामा प्राविधिक टोली परिचालन गरेर जमीन सम्याउने तथा नक्सा तयार गरिने वडाध्यक्ष राईले बताए ।