फाइल तस्बिर
इनरुवाः सुनसरीको हरिनगर गाउँपालिका–४ मा गत राति भएको आगलागीमा रु २० लाखभन्दा बढीको क्षति भएको छ ।
स्थानीय विजय जैनको घरमा भएको आगलागीमा रु २० लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीमा परी मुख्य बजारमा रहेको जैनको दुईतले घर, घरमा रहेको किराना र कपडा पसल जलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले बताए ।
दमकल ढिलो पुगेका कारण आगलागीमा बढी क्षति भएको हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिमकुमारी भगतले बताइन् । स्थानीयवासी, प्रहरी, इनरुवा, दुहबी र इटहरीबाट गएका दमकलले आगो नियन्त्रणमा लिएका थिए ।