बेलबारीः शिक्षकले दोहोरो सुविधा लिएको भन्दै नेपाली काङ्ग्रेस तथा भातृ सङ्गठनले गरिरहेको विरोध कुटाकुटमा परिणत भएको छ ।
केही दिन अघि एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियननले नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी सङ्घलाई कुटेको भन्दै काङ्ग्रेसले विरोधका कार्यक्रममै १ जना सञ्चारकर्मीलाई कुटेपछि अहिले शक्ति प्रदर्शन गर्न थालिएको छ ।
शुक्रबार बिहान काङ्ग्रेससहित नेवि सङ्घले शक्ति प्रदर्शन गरिरहेको समयमा फोटो खिच्दा उज्यालो प्रदेश अनलाइनका संवादाता निकेश बराललाई हातपात गरेका थिए । फोटो खिचिरहँदा तँ अखिलको विद्यार्थी भन्दै कुटपिट गरेको बरालले बताए । कुटपिटबाट उनको हात, पेट तथा छातीमा चोट लागेको छ । उनी उपचारपछि घर फर्केका छन् ।
विराटचोकमा शुक्रबार फोटो खिच्ने क्रममा पत्रकार कुटिएको भन्दै एमाले निकट अनेरास्वियुले विराटचोकमा र्याली निकालेको छ । प्रेस स्वतन्त्रता कायम हुनुपर्ने माग राख्दैे ¥याली निकालिएको अनेरास्वियु मोरङका उपाध्यक्ष सन्तोष घिमिरेले बताए । युवा सङ्घ, अनेरास्वियु क्रान्तिकारी तथा अनेरास्वियुले संयुक्त आन्दोलन गरेका हुन् ।
काङ्ग्रेसले प्रदेश सांसद लोकप्रसाद सङ्ग्रौला, महासमिति सदस्य ललित श्रेष्ठ लगायतका नेताहरू नै ल्याएर प्रदर्शन गरेको थियो ।
सुन्दरहरंैचा नगरपालिकामा रहेको सुकुना मावि र क्याम्पसमा कार्यरत १३ जना शिक्षकले लिइरहेको दोहोरो सुविधा खारेज गर्न नेवि सङ्घले माग गर्दै आएको छ । बुधबार सोही माग लिएर क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाउन खोज्दा नेवि सङ्घ र अनेरास्ववियुका विद्यार्थीबीच झडप हुँदा ४ जना घाइतेसमेत भएका थिए ।
सो आक्रमण सुनियोजित भएको भन्दै काङ्ग्रेस निकट नेवि सङ्घ र महिला सङ्घले बिहीबार क्याम्पस गेटमा धर्ना दिएर कोणसभा गरेका थिए ।
पत्रकार कुटिएको भन्दै सङ्घ सङ्गठनको प्रेस विज्ञप्ति
यसैगरी, पत्रकार कुट्नेलाई कार्वाही गर्न माग राख्दै उज्यालो प्रदेश मिडिया प्रालिले विज्ञप्ति निकालेको छ । यस्तै प्रेस सेन्टर तथा प्रेस चौतारीले समेत विज्ञप्ति निकालेका छन् । प्रेस चौतारीका महासचिव राजेश राई तथा प्रेस सेन्टरका महासचिव विष्णु सापकोटाले हस्ताक्षर गरेर विज्ञप्ति निकालेका छन् ।
पत्रकार कुटेको भन्दै प्रहरीमा जाहेरी
पत्रकार बराल कुटेको भन्दै प्रहरीमा जाहेरी परेको छ । बरालले तरुण दल मोरङका कोषाध्यक्ष नवीन रिजालले आफूमाथि कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।
नेवि सङ्घको पनि छुट्टै जाहेरी
उता, आफ्ना नेता तथा कार्यकर्ता कुटेको भन्दै नेवि सङ्घले सुकुना बहुमुखी क्याम्पसका स्ववियु सभापति सन्तोष लिम्बू, अनेरास्ववियु सुकुना क्याम्पस कमिटीका अध्यक्ष मिलन बस्नेतलगायतका नेताको नाममा जाहेरी दिएको छ । जाहेरी दिए पनि उनीहरू पक्राउ परेका भने छैनन् ।
दुई दिन क्याम्पस बन्द
क्याम्पसमा तनाव बढ्दै गएपछि २ दिन सुकुना बहुमुखी क्यामपस समेत बन्द गरिएको छ । बिहीबार र शुक्रबार क्याम्पस बन्द गरिएको हो । समस्यालाई वर्ताका माध्यमबाट समाधान गर्न क्याम्पस बन्द गरेको क्यामपस प्रशासनले जनाएको छ । तर पनि समस्या समाधान भने भएको छैन । क्याम्पस प्रशासनले वार्ताका लागि वातावरण नबनाएको नेवि सङ्घको आरोप छ ।