ताप्लेजुङः जिल्लाकाे चर्चित धार्मिक स्थल पाथिभरा सम्म पुग्ने केवलकारकाे प्रतिस्पर्धि कम्पनी मध्ये एकले हात झिकेकाे छ । केवलकार निर्माणका लागि त्रिवेणी केवलकारले हात झिकेकाे हाे । अब दुइ कम्पनी मध्ये पाथीभरा माता देवी दर्शन केवलकार प्रालि काठमाण्डाैले उक्त काम पाउने पक्का भएकाे हाे ।

केवलकार निर्माणकाे प्रारम्भमा नै विवाद सृजना भएकाे थियाे । कसले बनाउने भन्ने बारे प्रक्रियागत कमजाेरी देखाउँदै एक अर्का मुद्दा हालहालकाे अवस्थामा थिए । विवाद देखिए पछि त्रिवेणीका तर्फबाट सुवास सांघाइले अाफुले बाटाे नछेक्ने बताएका छन् । उनले अदालतमा हालेकाे मुद्दा पनि झिकेकाे जानकारी दिएका छन् भने पाथिभराका इश्वरी पाैडेलले अापसी विवाद नरहेकाे स्पष्ट पारेका छन् । उनले प्रकियागत कुरा मिलेकाे भन्दै अब कसले केवलकार बनाउने भन्ने अन्याैलता हटेकाे जानकारी दिए ।

अब वातावरणीय प्रभाव मुल्यांकन गरी अावश्यक पर्ने ६ हजार रूख कटान गनुर्पर्ने अावश्यता छ । फुङलिङ नगरपालिकाले गत जेठ ६ गते कार्यपालिका बैठकमार्फत केबलकार संचालन अनुमती सम्बन्धि कार्यविधि पारित गरेकाे थियाे । त्यसकाे ठिक एक साता पछि बसेकाे कार्यपालिका बैठकले पाथीभरा कम्पनीलाइ केवलकार निर्माणकाे अनुमती दिने निर्णय गरेकाे थियाे ।