फाइल तस्बिर

इटहरी: प्रधानमन्त्री केपी ओली केहि बेर पछि विराटनगर विमानस्थल हुँदै माेरङकाे मंगलवारे पुग्नेछन् । उर्लाबारी नगरपालिका स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इन्जिनियरिङ कलेजको उद्घाटनका लागि मदन भण्डारी स्मृति प्रतिष्ठानको रजत जयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन गर्नेछन्।

उनले अाजै ३ बजे  दमक नगरपालिका परिषरमा हुने   प्रदेशन नं १ स्तरीय साहित्यिकप्राज्ञिक गोष्ठीको उद्घाटन गर्नेछन् । त्यसपछि प्रधानमन्त्री ओलीले नगरपालिका भवनको उद्घाटन गर्ने कार्यतालिका रहेकाे प्रधानमन्त्री कार्यालयले जानकारी दिएकाे छ ।

प्रधानमन्त्री ओलीले  मदन भण्डारी रंगशाला सम्बन्धि सरोकारवालाहरुसंग छलफल र भेटघाट गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनि गौरादह र दमक  नगरपालिकाका जनप्रतिनिधिहरुसँग भेटघाट र छलफल गर्ने छन्।

यसैगरी  भाेली बिहान ८ बजे दमक रेडक्रस हलमा आयोजना गरिएको नगर र वडा कमिटीको सपथ तथा प्रशिक्षण कार्यक्रममा  उनकाे सहभागीता हुनेछ । त्यसपछि प्रधानमन्त्री ओलीले दमकमै निर्माण गरिएको  पशुपंक्षी हाट उद्घाटन गर्नेछन् । प्रधानमन्त्री ओलीले दिउसो साढे १२ बजे भारतीय  राजदुतावासको सहयोगमा निर्माण भएको गौरादह नगरपालिका स्थित स्कूलचौन माविको भवन उद्घाटन र हस्तान्तरण गर्नेछन्।  

त्यसपछि प्रधानमन्त्री ओली भद्रपुरबाट काठमाडौं जाने कार्यक्रम छ ।